गायिका समीक्षा अधिकारीले फ्लाइट डिले हुँदा आफूले स्टेज कार्यक्रम छुटाउनुपरेको गुनासो गरेकी छिन्।
उनले आइतबार बिहान ८ बजेको प्लेन १ बजेसम्म उडान नभएको बताएकी छिन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै समीक्षाले एयरलाइन्सले यात्रुलाई एयरपोर्टमा अलपत्र पारेको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन् 'मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्।'
केही दिनअघि सोही एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको समीक्षाले बताएकी छन्।
आइतबार बिहानैदेखि आफू काठमाडौं एयरपोर्टमै रहेको उनले उल्लेख गरेकी छन्।
समीक्षा देशभित्र भइरहेका मेला महोत्सवमा निकै व्यस्त बनिरहेकी छन्।