बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरले ‘बाहुबली’बाट चर्चामा आएका अभिनेता प्रभासलाई बलिउडमा डेब्यू गराउने बिचारलाई त्यागी दिएका छन्।
भारतीय सञ्चारमाध्यममा आएको खबर अनुसार अब करणले प्रभासलाई बलिउडमा डेब्यू गराउने तयारीमा थिए। करणको धर्म प्रोडक्सनको व्यानरमा प्रभासलाई अनुबन्धन गराउन निकै जोड समेत भएको थियो।
स्रोतका अनुसार प्रभासले २० करोड भारु माग गरेपछि निर्माता जोहरले उनलाई आफ्नो ब्यानरबाट खेलाउने बिचारबाट पछि हटेका छन्।
एसएस राजामौलीको फिल्म 'बाहुबलि'को दुई सिरिजपछि प्रभास चलचित्र उद्यागमा चर्चामा आएका थिए।
यद्यपि प्रभासले अत्यधिक रकम माग गरेपछि निमार्ता जोहारले उनलाई आफ्नो चलचित्रमा राख्न नसक्ने बताएका हुन्।
तेलगु फिल्मबाट बलिउडमा आउँदा अभिनेता रजनीकान्त लगायतका सुपरस्टारहरूले पनि यति उच्चतम पारिश्रमिक माग नगरेको बताइएको छ।
यसैबीच प्रभासले आफ्नो आउँदै गरेको नयाँ फिल्म ‘साहो’को लागी भने ३० करोड भारु लिएको बताइएको छ।
उनले ‘बाहुबली’ मै अभिनय गर्नका लागि २५ करोड भारु लिएका थिए। उनको फिल्म बाहुबलीले विश्वभरी १ हजार करोड भन्दा बढी व्यापार गरिसकेको छ। यसकारण उनको क्रेज ह्वात्तै बढेको हो।