बलिउड निर्माता तथा निर्देशक करण जोहरको पहिलो फिल्म 'कुछ कुछ होता है' ले पछिल्लो हप्ता १९ वर्ष पुरा गरेको छ। यही मौकामा करणले एक अन्तर्वार्तामा फिल्मी क्षेत्रको बारेमा धेरै खुलासा गरेका छन्।
उनले फिल्मी उद्योगमा जब कोही कुनै फिल्मको प्रिमियरमा जान्छन् तब नकरात्मक सोच लिएर जाने बताएका छन्। करणका अनुसार फिल्म फ्लप भयो भने मानिसहरु निकै खुसी हुन्छन्।
तर उनको पिताको राम्रो नामको कारण करणको फिल्मको प्रिमियरमा सकरात्मक सोच लिएर मानिस आएको उनले बताए।
करणले भने,'आम रुपमा जब हाम्रो उद्योगमा कुनै फिल्म प्रिमियर हुन्छ, धेरै मान्छे सकरात्मक सोच लिएर आउँदैनन्। धेरै मान्छेको सोच के हुन्छ भने फिल्म राम्रो रहेनछ भने राम्रोसँग निदाउन पाइन्छ। यो उद्योगमा मानिसहरुमा हामी एक हौं र साथमा छौं जस्तो सोच छैन। यो त भन्ने कुरा मात्र हो की हामी एकै क्षेत्रका हौं।'
करणले ती सब कुरा भन्न मात्र भएको भन्दै फिल्मी उद्योगमा निकै प्रतियोगीता, महत्वकांक्षा, इर्ष्या र असुरक्षा जस्ता भावना प्रवल हुने बताए। उनले आफ्नो पहिलो फिल्म 'कुछ कुछ होता है' को प्रिमियरमा भने त्यस्तो कुनै कुराको सामना गर्न नपरेको अनुभव सुनाए।
करण भन्छन्,‘जब मेरो पिताको स्वर्गबास भयो तब मलाई ठुलो झट्का लागको थियो। मलाई व्यापारसँग सम्बन्धित कुनै काम आउँदैनथ्यो। मलाई त चेक साइन गर्न पनि आउँदैनथ्यो। मलाई फिल्म बजेट, फिक्स डिपोजिट जस्ता चिजको बारेमा केही थाहा थिएन।’
उनले त्यसपछि आफ्नो कम्पनीलाई अरु कम्पनीसँग जोडेर काम गर्ने पनि सोचे। उनले धर्मा प्रोडक्सन नै बन्द गरेर निर्देशनको काम मात्रै सम्हाल्ने पनि नसोचेका हैनन्। करणले धर्मा प्रोडक्सन आफुले सम्हाल्न नसक्ने हो की भनी सोचेका थिए। तर पछि आफुले नजानेको काम सिकेर आफ्नो वुवाको विडो धामेको करणले बताए।
उनका अनुसार पिता यश जौहको निधनपछि उनको मनमा धर्मा प्रोडक्सन बन्द गर्ने सोच पनि आएको थियो। तर पछि उनले आफै मिहेनत गरेर सिके र सफल पनि भए।
करणले आज पनि निर्देशक संजय लिला भन्साली र राजू हिरानी जस्ता निर्देशकको काम देखेर भने आफुलाई इर्ष्या लाग्ने बताएका छन्। उनले भन्सालीको भिडियो र हिरानीको लेखाइको फ्यान भएको बताउँदै उनीहरुको जस्तो खुवी आफुमा नभएको बताए।
करणले भने,‘फिल्म उद्योगमा राम्रो राम्रो फिल्म बनेको देख्न मन लाग्छ तर यदी कोहीले निकै राम्रो फिल्म बनाए भने मलाई इर्ष्या लाग्छ। मैले यस्तो फिल्म किन बनाइन भनेर म सोचिरहन्छु।’
भन्साली र हिरानीलाई आफुले सम्मान पुर्वक इर्ष्या गर्ने बताउँदै करणले आफुले उनीहरुको जति कपि गरेपनि हिरानी र भन्साली जस्तो आफु हुन नसक्ने बताए। करणले उनीहरुको ट्यालेण्टको सधै कदर गर्ने बताए।
करणले आफुलाई सधैं धनीको फिल्म बनाउने आरोप लाग्ने बताउँदै धनीको पिडा, सुख, दुख आँसुको फिल्म बनाउन नहुने भन्दै आपत्ति जनाए। उनले 'माइ नेम इज खान' जस्ता फिल्म बनाउँदा कसैले तारिफ नगरेको पनि बताए।
करणले भने, ‘म फिल्मको फ्यान हुँ। धेरै निर्देशक फिल्मको फ्यान होइनन्। तर म फिल्म निकै मन पराउँछु।’
हिजोआज करण आफ्नो प्रोडक्सनको फिल्म ‘इत्तेफाक’को प्रमोशनमा व्यस्त छन्। ७० को दशकमा आएको ‘इत्तेफाक’ यश चोपडाको क्लासिक फिल्म थियो। जसमा राजेश खन्ना र नंदा मुख्य भूमिकामा थिए। अहिलेको नयाँ ‘इत्तेफाक’ लाई अभय चोपडाले निर्देशन गरेका छन्।
सोनाक्षी सिन्हा, सिदार्थ मलहोत्रा र अक्षय खन्ना फिल्ममा मुख्य भूमिकामा छन्।
करण जोहर बलिउडका सफल निर्देशकमा एक मानिन्नछन्। उनको पहिलो फिल्म ‘कुछ कुछ होता है’ देखि ‘ए दिल है मुस्किल’ सम्मले दर्शकको मन जित्न सफल भइसकेको छ।