बलिउड अभिनेत्री परिणीति चोपडा आज अर्थात २२ अक्टोवरमा आफ्नो २९ औं जन्मदिन मनाईरहेकी छन्। फिल्म उद्योगमा आएको केही समयमै परिणीतिले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्।
सन् २०११ मा फिल्म 'लेडीज भर्सेस रिकी बहल'बाट उनले बलिउडमा डेब्यू गरेकी थिइन्। उनी यस फिल्ममा सर्पोटिङ भूमिकामा देखिएकी थिइन्। तर परिणीतिको भूमिकालाई सबैले प्रशंसा गरेका थिए।
त्यसपछि उनी सन् २०१२ मा आएको फिल्म 'इशकजादे'मा अर्जुन कपूरको साथमा मुख्य भूमिकामा देखिइन्। उक्त फिल्ममा पनि परिणीतिको अभिनयको निकै प्रशंसा भयो।
तर सन् २०११ मा फिल्ममा आउनुअघि परिणीतिले यस उद्योगको बारेमा त्यति राम्रो धारणा बनाएकी थिइनन्। फिल्मलाई लिएर उनको सोच निकै फरक थियो।
उनले फिल्मी क्षेत्रमा काम गर्दा अभिनेता र अभिनेत्रीले धेरै मेकअप गर्नुपर्ने कुरा मन पराउँदिन थिइन्। यसै कारण उनी यस पेशामा आवद्द हुन चाहन्थिनन्।
तर पछि उनको कजिन बहिनी अभिनेत्री प्रियंका चोपडाले उनको सोच परिवर्तन गरिदिइन् र उनले फिल्मी क्षेत्रमा आउने निर्णय गरिन्। प्रियंकाले आफ्नो ट्यालेण्ट र मिहेनतले फिल्मी क्षेत्रमा ठूलो सफलता पाएकी छन्। उनले प्रियंकाको यही सुत्रलाई ध्यानमा राखिन् र बलिउडमा जम्ने निर्णय गरिन्।
परिणीति शास्त्रीय संगीतको पनि जानकारी छिन्। उनले म्यूजिकमा बीए गरेकी छन्। यसअघि उनले यश राज फिल्मसमा पव्लिक रिलेशनको कन्सलटेंटको रुपमा पनि काम गरेकी थिइन्। उनले त्यो कामलाई निकै उत्कृष्ट काम पनि मान्थिन्।
तर पछि मात्र उनले फिल्ममा आउने निर्णय गरेकी हुन्। यसबीचमा उनले फिल्म 'दिल बोले हडिप्पा', 'बदमाश कम्पनी', 'लफंगे परिन्दे', 'राकेट सिंह', 'ब्याण्ड बाजा बारात' जस्ता फिल्मको म्यानेजमेन्ट सफल रुपमा सम्हालेकी थिइन्।
फिल्ममा आएपछि परिणीतिको अभिनयको निकै तारिफ पनि भयो। तर उनलाई अभिनेत्रीको लागि निकै मोटी र भद्दा भएको जस्तो कमेण्ट गरिएको थियो। उनी फिल्ममा आउनुअघि ८६ केजी कि थिइन्।
उनले आफुलाई फिट राख्न विदेशमा गएर धेरै समय आफुलाई दिइन् र निकै स्लीम भएर फर्किइन्। उनले आफ्नो तौल २८ केजी घटाएर ५८ केजीमा झरिन्।
परिणीतिले वजन घटाउन अघिल्लो वर्ष डेटास्क प्रोग्रामलाई पछ्याइन्। यो वजन कम गराउने एक विधि हो र अष्ट्रियामा हुनेगर्छ। यसमा कुनै सर्जरी हुँदैन। यस प्रक्रियामा धेरै परीक्षण हुनेगर्छ। परिणीतिका अनुसार यदी उनी अन्य कुनै पेशामा भएको उनले भए तौल, स्वास्थ्य र खानपानको त्यति ध्यान दिनुपर्दैनथ्यो।
तर फिल्मी क्षेत्रमा भएपछि उनीले यो सब गर्नुपरेको हो।
यसको लागि उनले निकै मिहेनत गर्नुपरेको पनि मिडियामा बताएकी थिइन्।
फिट भएर आएपछि उनले फिल्म ढिस्यूँमा काम गरिन्। जहाँ उनको फिट शरिरको चर्चा भएको थियो।
हालै परिणीती फिल्म 'गोलमाल'को स्क्रीनिङमै व्यस्त छिन्। उनको फिल्मले अहिले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ।
अब उनी अर्जुन कपूरसँग फिल्म 'नमस्ते' क्यानडामा देखिदैछिन्।