बलिउड स्टार आमिर खानको फिल्म हेर्न दर्शकहरु आतुर हुन्छन्। फिल्मको सबै जिम्मेवारी आफ्नो काँधमा लिने मिस्टर परफेक्शनिस्ट आमिर यस तिहारको अवसरमा १९ अक्टोवरमा आफ्नो फिल्म 'सिक्रेट सुपरस्टार' लिएर आउँदै छन्।
फिल्मको प्रमोशनमा आमिर हिजोआज निकै व्यस्त भएका छन्। प्रचारको क्रममा आमिरले रमाइलो कुरा साटेका छन्।
'डेक्कन क्रोनिक'लाई दिएको एक अन्तर्वार्तामा आमिरले फिल्मको नाफा घाटामा आफु साथ रहने बताएका छन्। उनले भने,‘फिल्मको जति नाफा हुन्छ म त्यसको निश्चित प्रतिशत लिन्छु। तर मैले यो निर्णय गरेको छु की फिल्म फ्लप भयो भने आफ्नो पारिश्रमिक घटाउँछु।’
बलिउडका दबंग स्टार सलमान खान आफ्नो फिल्म फ्लप भयो भने वितरकलाई पैशा फिर्ता गर्ने गरेका छन्। हालै उनले फिल्म 'ट्यूबलाइट' फ्लप भएपछि वितरकलाई ६४ करोड रुपैयाँ फिर्ता गरेका थिए। उनले त्यसअघि फिल्म 'जय हो' को पैशा पनि फिर्ता गरेका थिए।
सलमानको सिको गर्दै अभिनेता रणवीर कपूरले पनि फिल्म 'जग्गा जासुस' फ्लप भएपछि वितरकलाई पैशा फिर्ता गर्ने बताएका थिए।
आफ्नो फिल्मको जिम्मेवारी लिँदै फ्लप भए वितरकलाई क्षतिपुर्ति दिने अभ्यासमा अब आमिर खान पनि लागेका छन्। उनले नैतिक दवावमा फिल्म फ्लप भए थोरै पारिश्रमिक लिने बताए पनि पुरै क्षतिपुर्ति दिने भने तयार छैनन्।
आमिरले फिल्म खेल्नु अगाडि नै एड्भान्स रकम लिने नगरेको पनि बताए। उनी भन्छन्,‘म काम गर्छु। मेरो कामलाई मानिसले मन पराए भने मैले पैशा पाउने हो। यो एक तरिकाले काम गर्ने कलाकारको फिस लिने पुरानो तरिका हो।’
आमिर भन्छन् की फिल्ममा दुई तीन वटा यस्तो अनुहार हुन्छन् जसको कारण दर्शकहरु हलसम्म पुग्छन्। तर यसको अर्थ उनले अरु साथीको कामलाई स्वीकार नगरेको भने नभएको बताए।
एक अन्तर्वार्तामा उनले जसको कारण फिल्म हलको सिट भरिएको छ उनको फिस अरुको तुलनामा धेरै हुने बताए।
आमिरले भने,‘यदि म भन्दा भोलि जायराले बढी फ्यान बनाइन् भने उनको पनि पारीश्रमिक मेरो भन्दा धेरै हुनेछ।’
यसपटक आमिर खान फिल्म ‘सिक्रेट सुपरस्टार’ लिएर आउँदै छन्।
आमिर खान र उनकी पत्नी किरण रावको निमार्ण अद्वैत चन्दनले निर्देशन गरेको फिल्म 'सिक्रेट सुपरस्टार' मा भारतीय सामाजमा व्याप्त मुद्दाहरू उठाइएको बताइएको छ।
फिल्ममा गायक बन्न चाहने एक मुस्लिम समुदायको बालिकाको कथा समेटिएको छ। ५२ वर्षका आमिर खानले फिल्ममा संगीतकारको भूमिका निर्वाह गरेका छन्।
अद्वैत चन्दनको लेखन रहेको यस फिल्ममा आमिरका अलावा जाइरा वासिम, मेहेर विजले मुख्य भूमिका निर्वाह गरेका छन् । अमित त्रिवेदीको संगीत रहेको चलचित्र आउँदो अक्टुबर १९ मा रिलिज हुँदैछ।
आमिरको यस फिल्मलाई दर्शकले कति रुचाउँछन् यो भने हेर्न बाँकी छ।
यो पनि पढ्नुस्।
यी बलिउड जोडि जो ‘इन्गेज’ भए तर विवाह हुन सकेन!आफ्नै बहिनीको प्रेमीसँग प्रेम गर्थिन् विद्या वालन!सैफ र करीनाबाट टाढा जानेछन् तैमुर!