संजय लिला भन्सालीको बहुप्रतिक्षित फिल्म 'पद्यमावती'को ट्रेलर सार्वजनिक भएको छ। ९ अक्टोवर सोमबार दिउँसो १ बजेपछि सार्वजनिक ट्रेलरमा दीपिका, रणवीर र शाहिद तीनै जना आफ्नो भूमिकालाई न्याय गर्दै देखिएका छन्। सधैं हिरोको भूमिकामा देखिएका रणवीरलाई यस फिल्ममा भिन्न अवतार देख्न सकिन्छ। उनले नकरात्मक भूमिकामा निकै अलग देखिएका छन्।
३ मिनेट ९ सेकेण्डको ट्रेलरलाई सार्वजनिक भएको २४ घण्टा भित्रै डेढ करोड भन्दा बढी पटक हेरिएको छ। मंगलबार बेलुकी ६ बजेसम्म फिल्मको ट्रेलरलाई १ करोड ६३ लाख ३६ हजार ३ सय २९ पटक हेरिएको छ।
ट्रेलरको अन्तिममा दीपिकाले बोलेको एक डायलगलाई निकै रुचाइएको छ। उनले भनेकी छन्, ‘राजपुतहरुको चुरामा उती नै शक्ति छ जति राजपुतहरुको तलबारमा छ।’
फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा छन्। फिल्मको कथा महारानी पद्यमावतीमा आधारीत छ र दीपिका फिल्ममा पद्यमावती रानीको भूमिकामा छिन्।
साथै शाहिद कपूर राजा रतन सिंहको भूमिकामा र रणवीर सिंह फिल्ममा अलाउद्दीन खिलजीको नकरात्मक भूमिकामा छन्।
यो फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ। फिल्मलाई संजय लिला भन्सालीले निर्देशन गरेका छन्। अलाउद्दीन खिलजी र पद्यमावतीको प्रसंग सूफी कवि मल्लिक मुहम्मद जायसी ले शासुरीको काल १५४० मा लेखेका थिए।
कथाका अनुसार अलाउद्दीन रानीलाई मन पराउँथे र उनलाई हाँसिल गर्न उनले चित्तौडगढमा हमला गरेका थिए। तर उनले रानी जीवीत हुँदासम्म सफल भने हुन सकेनन्।
यस फिल्मको लागि रणवीर र शाहिदले तलवारबाजी पनि सिकेका छन्। हालै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको थियो। जसलाई दर्शकले निकै रुचाएका थिए।
हेर्नुस ट्रेलर।
https://www.youtube.com/watch?v=X_5_BLt76c0