बलिउडको प्रतिक्षित फिल्म 'पद्मावती'को मूख्य पात्र शाहिद कपूरको भूमिका पद्मावतीको श्रीमान्को छ। उनी रानी पद्मावतीका श्रीमान् महारावल रतन सिंहको भूमिकामा छन्।
शाहिद कपुरको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ। केही दिन अगाडी फिल्मकी मुख्य पात्र दीपीकाको फर्स्ट लुक सार्वजनिक भएको थियो। अहिले निर्माण पक्षले शाहिदको फर्स्ट लुक सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा शाहिदको निधारमा टीकार पछाडी महल देखिएको छ। त्यसै गरी फिल्मको अर्को पोस्टरमा युद्ध भूमी देखिएको छ। शाहिदको कपडा पुरै रगतको दागले भरिएका छन् भने मानिसहरु युद्ध गर्दै गरेको देखिन्छ।
राजपुत समुदायको एक संगठन श्री राजपुत करणी सेनाले यदि संजय लीला भंसालीको फिल्म ‘पद्मावती’मा तथ्यलाई विकृत रुपमा प्रस्तुत गरिए त्यसको विरोध गर्ने जनाइसकेको छ। उक्त संगठनले फिल्म स्क्रीनिङमा बिरोध गर्ने जनाएको छ।
फिल्मको शुटिङको समय जवारीमा करणी सेनाको कार्यकर्ताले पद्मावतीको कामदारसँग दुर्व्यवहार गरेका थिए र शुटिङको सबै सामान तोडेका थिए। उनीहरुले त्यस बेला नै तथ्यलाई तोडमोड गरेर विकृत पारिएको बताएका थिए। उनीहरुले कुनै पनि हालतमा फिल्ममा तथ्यलाई विकृत गरेर प्रस्तुत गर्न नदिने बताएका छन्।
फिल्म ‘पद्मावती’मा अभिनेत्री दीपिका पादुकोनले चित्तौढकी रानी पद्माको भूमिका निर्वाह गरेकी छन्। फिल्ममा रनवीर सिंहले अलाउदिन खिलजीको भूमिकामा निभाएका छन्।
अलाउद्दीन खिलजी र पद्यमावतीको प्रसंग सूफी कवि मल्लिक मुहम्मद जायसी ले शासुरीको काल १५४० मा लेखेका थिए। कथाका अनुसार अलाउद्दीन रानीलाई मन पराउँथे र उनलाई हाँसिल गर्न उनले चित्तौडगढमा हमला गरेका थिए। तर उनले रानी जीवीत हुँदासम्म सफल भने हुन सकेनन्।
यस फिल्मको लागि रणवीर र शाहिदले तलवारबाजी पनि सिकेका छन्। फिल्म १ डिसेम्बरमा रिलिज हुनेछ।