बिहिबार मात्र सार्वजनिक भएको फिल्म 'पद्मावती'को पोस्टर पछि फिल्मको चर्चा झनै चुलिएको छ। राजपुत समुदायको एक संगठन श्री राजपुत करणी सेनाले यदि संजय लीला भंसालीको फिल्म 'पद्मावती'मा तथ्यलाई विकृत रुपमा प्रस्तुत गरिए त्यसको विरोध गर्ने जनाएको छ। उक्त संगठनले फिल्म स्क्रीनिङमा बिरोध गर्ने जनाएको छ।
श्री राजपुत करणी सेनाका संरक्षक र संस्थापक लोकेन्द्र सिंह काल्वीले आईएएनएससँग बताएअनुसार उनले लगभग २० दिन पहिला भन्सालीको टीमसँग फोनमा कुरा गर्दा फिल्म इतिहासकार र बुद्जिीवीलाई देखाउन भनेको तर त्यसपछि कुनै कुरा नभएको बताए।
फिल्मको शुटिङको समय जवारीमा करणी सेनाको कार्यकर्ताले पद्मावतीको कामदारसँग दुर्व्यवहार गरेका थिए र शुटिङको सबै सामान तोडेका थिए। उनीहरुले त्यस बेला नै तथ्यलाई तोडमोड गरेर विकृत पारिएको बताएका थिए। उनीहरुले कुनै पनि हालतमा फिल्ममा तथ्यलाई विकृत गरेर प्रस्तुत गर्न नदिने बताएका छन्।
फिल्म 'पद्मावती'मा अभिनेत्री दीपिका पादुकोनले चित्तौढकी रानी पद्माको भूमिका निर्वाह गरेकी छन्।
फिल्ममा रनवीर सिंहले अलाउदिन खिलजीको भूमिकामा निभाएका छन् भने शाहिद कपुर रानी पद्यमावतीको श्रीमान् राजा रनतसिंहको भुमिकामा छन्।
अलाउद्दीन खिलजी र पद्यमावतीको प्रसंग सूफी कवि मल्लिक मुहम्मद जायसी ले शासुरीको काल १५४० मा लेखेका थिए। कथाका अनुसार अलाउद्दीन रानीलाई मन पराउँथे र उनलाई हाँसिल गर्न उनले चित्तौडगढमा हमला गरेका थिए। तर उनले रानी जीवीत हुँदासम्म सफल भने हुन सकेनन्।
यस फिल्मको लागि रणवीर र शाहिदले तलवारबाजी पनि सिकेका छन्।