भोजपुरी अभिनेता मनोज आर पाण्डेयलाई मुम्बईको चारकोप प्रहरीले पक्राउ गरेको छ। एक अभिनेत्रीले १५ तारिखमा उनीबिरुद्द बलात्कारको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
मिडिया रिर्पोटका अनुसार उनीहरु लिभइन रिलेसनमा बसेका थिए। प्रहरीका अनुसार ती अभिनेत्रीले जवरजस्ती आफ्नो गर्भपनत गराएको र विवाहको बाचा गरेर पुरा नगरेको आरोप लगाएकी छिन्।
यसअघि उनीहरु सन् २०१२ देखि लिभइन रिलेसनमा बसेकी थिए र उनीहरु एक अर्कालाई प्रेम गर्थे। आरोप लगाउने अभिनेत्रीको परिवारको मनोजसँगको सम्बन्ध पनि राम्रो बताइएको छ। रिपोर्टका अनुसार मनोज केही दिनदेखि फरार थिए र उनको फोन पनि बन्द थियो।
खबरका अनुसार ती अभिनेत्रीले मनोजलाई विवाहको दवाद दिएपछि मनोज धोका दिएर भागेका थिए।
आरोप लगाउने पिडित एक गायिका र विभिन्न गीतमा काम गरिसकेकी छन् भने मनोजले विभिन्न भोजपुरी फिल्ममा काम गरेका छन्।
साथै पीडितले मनोजको फोनमा गफ हुँदा उसले अर्को विवाह गर्न लागेको जानकारी दिएको उनले बताएकी छन्।