फिल्म निर्देशक संजय लीला भंसालीको आगामी फिल्म 'पद्यमावती'को पहिलो पोस्टर सार्वजनिक भएको छ। फिल्ममा रानी पद्यमाको भूमिकामा अभिनेत्री दिपीका पादुकोण छिन्।
पोस्टर रिलिजको जानकारी अभिनेत्री दिपिकाले आफ्नो ट्वीटिरमार्फत दिएकी छन्। २० सेप्टेम्वरमा उनले आफ्नो ट्वीटर अकाउण्टमा २१ सेप्टेम्बरमा रानी आउँदै गरेको उल्लेख गरेकी थिइन्। यो फिल्म रानी पद्यमावतीको जीवनमा आधारित छ।
उनले फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छन्,‘देवी स्थापनाको शुभ अवसरमा रानी पद्यमावतीसँग भेट्नुहोस्।’
फिल्ममा रनवीर सिंहले अलाउदिन खिलजीको भूमिकामा निभाएका छन् भने शाहिद कपुर रानी पद्यमावतीको श्रीमान् राजा रनतसिंहको भुमिकामा छन्।
अलाउद्दीन खिलजी र पद्यमावतीको प्रसंग सूफी कवि मल्लिक मुहम्मद जायसी ले शासुरीको काल १५४० मा लेखेका थिए। कथाका अनुसार अलाउद्दीन रानीलाई मन पराउँथे र उनलाई हाँसिल गर्न उनले चित्तौडगढमा हमला गरेका थिए। तर उनले रानी जीवीत हुँदासम्म सफल भने हुन सकेनन्।
यस फिल्मको लागि रणवीर र शाहिदले तलवारबाजी पनि सिकेका छन्।