साउथका सुपरस्टार अजीत को फिल्म 'विवेगम'ले फिल्म 'बाहुबली'को रेकर्ड तोड्द नयाँ रेकर्ड कायम गरेको छ। फिल्मले रिलिज भएको ११ दिनमा चेन्नईमा १३.६ करोड कमाएको छ भने 'बाहुबली २'ले चेन्नईमा जम्मा १३.२ करोडको व्यपार गरेको थियो।
यसैगरि प्रभाषको 'बाहुबली २ ' ले चेन्नईमा ३ दिनमा केवल २१.१८ करोडको व्यापार गरेको थियो भने अहिले 'विवेगम'ले ३ दिनमा ६.८४ करोड कमाएको छ।
फिल्मको पहिलो दिनको कमाई २५.८३ करोड भारतीय रुपैया रहेको छ।
फिल्मले विश्वव्यापी रुपमा २४३ करोडको व्यपार गरेको छ। फिल्म ३ दिनमै सय करोडको क्लवमा सामेल भएको थियो।
जीएसटी लागु भएपछि साउथमा सबैभन्दा बढी कमाई गर्ने फिल्म 'विवेगम' बनेको छ।
फिल्म २४ अगस्टमा रिलिज भएको थियो। 'विवेगम' तामिल फिल्मको पहिलो अन्तर्राष्ट्रिय स्पाइ थ्रिलर हो। यस फिल्मको निर्देशक शिवा हुन्। फिल्ममा विवेक ओवराय, अक्षरा हासन र काजल अग्रवालको अभिनय रहेको छ। विवेक ओवराय खलनायकको भूमिकामा छन्।
फिल्मको कमाई दिनप्रतिदिन बढ्दै गएको छ र यसको चर्चा पनि चुलिएको छ।