बलिउड अभिनेत्री अनुष्का शर्माको फिल्म 'परी'को शुटिङमा कोलकतामा एक कर्मचारीको मृत्यु भएको छ।
प्रहरीले शवलाई पोष्टमार्टमको लागि अस्पताल लगेको र रिर्पोटको पर्खाइमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शुरुवाती परीक्षणमा ती व्यक्तिको मृत्यु करेन्ट लागेर भएको पाइएको प्रहरीले जनाएको छ। उक्त घटनापछि फिल्मको शुटिङ तत्कालको लागि बन्द भएको छ।