भारत र चीनमा रेकर्ड बनाएको फिल्म 'दंगल' हङकङमा पनि राम्रो व्यपार गरिरहेको छ। बलिउड सुपरस्टार आमिर खानको फिल्म 'दंगल'ले हङकङमा पहिलो दिन १ लाख ३६ हजार डलर कमाइ गरेको छ। २४ अगस्टमा हङकङमा रिलिज भएको फिल्मले एक हप्तामा ७४ लाख ४१ हजार २०० डलर कमाएको छ।
डिज्नी इन्डिया स्टुडियोजका उपाध्यक्ष अमृता पाण्डेले एक बयानमा 'दंगल' आफ्नो लागि निकै विषेश भएको बताइन्। उनले यस फिल्मले सिमा पार पनि राम्रो कमाइ गर्ने विश्वास रहेको बताइन्। फिल्म भारतमा रिलिज भएको ९ महिनापछि पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्नु निकै उत्साहजनक भएको उनले बताइन्।
फिल्मको निर्देशन नितेश तिवारीले गरेका हुन्।