फिल्म 'फिर हेरा फेरी' का निर्देशक तथा अभिनेता नीरज बोरा पछिल्लो १० महिनादेखि कोमामा छन्। उनी अक्टोवर २०१६ मा मष्तिष्कघातको सिकार भएका थिए। उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो।
मार्च २०१७ मा निरजलाई साथी फिरोज नाडियाडवालाको घरमा सारिएको छ। एक कोठामा आईसीयू बनाएर उनलाई राखिएको छ। उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको मिडिया रिपोर्टले जनाएकाे छ।