बलिउड अभिनेत्री कल्कि कोचलिनले हालै आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफ्नो न्युड तस्वीर पोस्ट गरेकी थिइन्। जसको कारण उनी सामाजिक सञ्जामा ट्रोलको सिकार भएकी छन्। उनले पोस्ट गरेको तस्वीरमा एकै दिनमा १४ हजार भन्दा बढीले लाईक गरेका छन्। न्युड तस्वीरले उनलाई फेरी एकाएक चर्चामा ल्याइदिएको छ।
सयौं प्रतिक्रियामा प्रायले नकरात्मक प्रतिक्रिया नै दिएका छन्। उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले कुपोषणको सिकार, मानसिक रुपमा विरामी जस्ता कमेन्ट गरेका छन्।
कल्किले तस्वीर पोस्ट गर्दा क्याप्सनमा आफ्नो ज्यानप्रति गर्व हुने बताएकी थिइन्। एक अंग्रेजी पत्रिका मिड डे लाई दिएको अन्तर्वार्तामा उनले आफुले जे गरेपनि कहिल्यै लाज नलाग्ने बताएकी थिइन्।