हिजो आज भारतमा तीन तलाकको विषयले निकै चर्चा पाएको छ। तीन तलाकलाई बैधानिक मान्यता दिने नदिने भन्ने बहसकाबीच सर्वोच्च अदालतले मंगलबार तीन तलाकमाथि रोक लगाएको छ। जसकारण भारतमा अहिले यस विषयले प्राथमिकता पाएको छ।
मुस्लिम समुदायमा तीन तलाक प्रथा अहिले पनि कायम छ। तर अब यो प्रथामाथि सर्वोच्चले रोक लगाएको छ।
फिल्मी संसारमा अलग र अमिट छाप बनाउन सफल अभिनेत्री मीना कुमारीको जीवन भने यही तीन तलाकको कारण वर्वाद भएको थियो। उनी तीन तलाक र हलाला जस्तो प्रथाबाट गुुज्रिएकी थिइन्।
उनको जीवनमा घटेको एक घटनाले उनलाई मानसिक रुपमा निकै विचलित बनाइदिएको थियो। ।
मीना कुमारीको विवाह फिल्म 'पाकीजा' को निर्देशक कमाल अमरोहीसँग भएको थियो। एकपटक उनको श्रीमानले रिसको झोकमा मीनालाई तीन पटक तलाक भनेकम थिए र उनीहरुको सम्बन्ध विच्छेद भएको थियो।
तर श्रीमानलाई पछि पश्चताप भयो र पुनः मीनासँग विवाह गर्न खोजे । तर यसको लागि इस्लामी गुरुले मीनालाई पहिला हलाला गर्नुपर्ने बताए।
यो मुस्लिम समुदायको नियम हो। जहाँ एकपटक तलाक भएपछि पुनः उनी व्यक्त्तिसँग विवाह गर्न परेमा अर्को व्यक्त्तिँग विवाह गरेर तलाक दिएर फेरि पुरानोसँग विवाह गर्न सकिन्छ।
तब कमालले मीनाको विवाह आफ्नो साथी अमान उल्ला खान(जीनत अमानको बुवा) सँग गराइदिए। त्यसपछि मीनाले दोस्रो श्रीमान्सँग शारीरिक सम्बन्ध बनाउनु परेको थियो। त्यसपछि मीनाले विवाहको पहिलो महिनावारीपछि नयाँ श्रीमानलाई तीन तलाक दिएर आफ्नो पुरानो श्रीमान् कमाल अमरोहीसँग दोस्रो पटक विवाह गरेको भारतीय अनलाईन एनडीटीभी इन्डियाले लेखेको छ।
अनलाईनका अनुसार यस घटनाबारे मीनाले लेखेकी थिएन्, ‘जब धर्मको नाममा आफ्नो शरीर नै कुनै दोस्रो पुरुषलाई सुम्पिन पर्छ भने म मा र वेश्यामा के फरक रह्यो र?’
यस घटनापछि मीना कुमारी मानसिक रुपमा निकै विक्षिप्त हुन पुगिन्। उनको श्रीमानसँग पनि सम्बन्ध राम्रो हुन सकेन।
त्यही कारण उनी रक्सीको लतमा लागिन् र ३९ वर्षको छोटो उमेरमा नै उनले संसारबाट विदा भइन्। उनको मृत्यु सन् १९७२ मा भएको थियो।
मीना कुमारी सन् ५० र ६० को दशकमा बलिउडमा निकै हिट अभिनेत्रीमा मानिन्छन्। उनको मृत्यु भएको ४० वर्ष पुगेको छ। उनी बलिउडमा ट्रयाजिडि क्वीनको नामबाट प्रख्यात छिन्।