बलिउड अभिनेत्री इलियाना डिक्रुजाले आफुमाथि एक फ्यानले दुर्व्यवहार गरेको खुलासा गरेकी छिन्। उनले आफ्नो ट्वीटर ह्यान्डल मार्फत एक फ्यानले आफुमाथि दुर्व्यवहार गरेको बताएकी हुन्।
उनले यो खराब संसारमा आफु बसिरहेका थाहा भएको र सेलीब्रेटी भएको कारण व्यक्तिगत जीवन नहुने बताउँदै कसैलाई आफुमाथि दुर्व्यवहार गर्ने स्वतन्तत्रा नभएको बताइन्। आफु सेलिब्रेटी भएपनि आखिर एक महिला नै भएको र यो कुरा फ्यानले बुझ्नुपर्ने उनले लेखेकी छन्।
उनीमाथि त्यस्तो दुर्व्यबहार कहाँ र कसले गरे भन्ने कुरा उनले खुलाएकी छैनन्।
बलिउडमा ‘बर्फी’ फिल्मबाट डेब्यू गरेकी इलियानाको आगामी फिलम ‘बादशाहो’ प्रर्दशनको तयारीमा छ।