बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ बक्स अफिसमा एक करोडको क्लबमा सामेल भएको छ।
फिल्म रिलिज भएको ८ औं दिनभित्रमा फिल्मले एक सय करोडभन्दा माथिको व्यपार गरेको छ। फिल्मले अहिलेसम्म भारतीय एक सय करोड(नेपाली १६० करोड)भन्दा बढी कमाई सकेको छ। भारतीय व्यपार विश्लेषक तरन अदर्शले यसबारे जानकारी दिँदै ट्वीट गरेका छन्।
रिलिजको दिनको सुरुवातदेखि मध्यम व्यपार गर्दै आएको फिल्मले बिस्तारै दर्शक बढाउँदै गएको थियो।
फिल्म जम्मा ३० करोडको लागतमा बनेको थियो। अक्षयका पछिल्ला फिल्महरु लगातार हिट हुँदै गएका छन्।