बलिउड अभिनेत्री तारा सुतारिया प्रेममा परेकी छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी अभिनेता वीर पहाडियाको प्रेममा परेकी हुन्। तारा र वीरले आफ्नो प्रेम सम्बन्धको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।
पछिल्लो समय उनीहरू एकसाथ देखिरहेका छन्। उनीहरूले सन् २०२५ मार्चमा एक फेसन शोमा र्याप वाक पनि गरेका थिए। जसले धेरैको ध्यान खिचेको थियो।
वीर पहाडियाले 'स्काई फोर्स' बाट बलिउडमा डेब्यू गरेका थिए।
वीर पहाडियाभन्दा अघि तारा सुतारिया अभिनेता आदर जेनलाई डेट गरिरहेकी थिइन्। सन् २०२३ मा उनीहरूको ब्रेकअप भएको थियो।