भारतकी गायिका लता मंगेशकरले ६० को दशकमा बलिउडमा हलचल मच्चाएकी थिइन्। जब उनले फिल्ममा गीत गाउन गायकको जति नै पारिश्रमिक मागेकी थिइन्।
त्यतिबेला उनी निकै चर्चित थिइन्। तर पारिश्रमिक कम थियो। पछिल्लो समय युट्युबमा गीत राख्न थालिएपछि गायक गायिकालाई सहज भएको छ। हाल उनीहरू एक गीतका लागि महँगो पारिश्रमिक लिन्छन्। भारतका सबभन्दा महँगा गायक हुन् एआर रहमान।
भारतीय सञ्चारमाध्य नवभारत टाइम्सका अनुसार उनी कन्सर्टमा गीत गाउनका लागि ३ करोड भारू पारिश्रमिक लिन्छन्। उनी एक गीतमा संगीत दिन ८ देखि १० करोड भारू लिन्छन्। यो अन्य गायक गायिकाको भन्दा १५ गुणाबढी पारिश्रमिक हो। उनी आफ्नो गीत पनि आफै लेख्छन् र आफै गाउँछन् पनि।
उनको कुल सम्पत्ति २१०० करोड भारू छ।