पछिल्लो समय बलिउड कलाकारहरूलाई लगातार ज्यान मार्ने धम्की आइरहेको छ।
अभिनेता शाहरूख खानलाई पनि ५ नोभेम्बरमा ज्यान मार्ने धम्की आएको थियो। मुम्बई पुलिसले छत्तीसगढबाट आरोपीलाई पक्राउ गरेका छन्। उनलाई पक्राउ गरेपछि सोधपुछ भइरहेको छ।
५ नोभेम्बरमा मुम्बईस्थित बान्द्रा पुलिस स्टेशनमा एक फोन आएको थियो। जसमा बलिउड अभिनेता शाहरूख खानलाई ज्यान मार्ने धम्की आएको थियो। योसँगै ५० लाख भारू फिरौती मागिएको थियो। यस फोनपछि मुम्बई पुलिसले तुरून्तै आरोपीको खोजीमा जुटेको थियो।
छानबिनका क्रममा छत्तीसगढको रायपुरबाट फैजान नामका व्यक्तिको नम्बरबाट फोन गरेको खुलेको हो। उनका अनुसार २ नोभेम्बरमा फोन चोरी भएको थियो। उनी पेसाले वकिल हुन्।