पछिल्लो समय बलिउडमा हरर कमेडी फिल्मको दबदबा छ।
सन् २०२४ मा तीन हरर कमेडी फिल्म प्रदर्शन भए। 'मुंज्या', 'स्त्री २' र 'भूल भुलैया ३' ले बक्स अफिसमा सफलता हासिल गरे। यसलाई मध्यनजर गर्दै 'भूतनाथ ३' को निर्माण घोषणा गरिएको छ।
भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार 'भूतनाथ ३' को स्क्रिप्टमा काम भइरहेको छ। यो फिल्म सन् २०२६ मा रिलिज गर्ने निर्माण टिमको योजना छ।
यस फिल्ममा अभिनेता शाहरूख खान देखिने बताइएको छ। पछिल्लो फिल्म 'भूतनाथ' मा शाहरूख केमियो भूमिकामा देखिएका थिए। अब तेस्रो पार्टमा उनी र अभिताभ बच्चनको मुख्य भूमिका रहने छ।
'भूतनाथ' को पहिलो पार्ट सन् २००८ मा रिलिज भएको थियो। त्यसपछि सन् २०१४ मा 'भूतनाथ रिटर्न्स' रिलिज भयो।। यी दुवै फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका थिए।