अभिनेता संजय दत्तले आफ्नो डेब्यू फिल्म 'रकी'ले आफू पनि कलाकार भएको वास्तविक अनुभूति दिएको बताएका छन्। उनको डेब्यू फिल्म मे ८, १९८१ मा रिलिज भएको थियो। सो फिल्म रिलिज भएको ३७ वर्ष पुगेको सम्झना गर्दै गरेको ट्वीटमा संजयले सो कुराको भनेका हुन्।
'एउटा फिल्म जसले मलाई वस्तवमे म अभिनेता हूँ भन्ने सोच दिलाएको फिल्म 'रकी' हो। आज फिल्मले आफ्नो ३७ वर्ष पूरा गरेको छ र म पछाडी फर्केर हेर्दा आजसम्म सबैबाट पाइरहेको माया र प्रोत्साहनले मेरो मुटु भरिएर आउँछ।', मंगलबार उनले ट्वीटमा लेखेका छन्।
सो फिल्मलाई उनका पिता तथा अभिनेता सुनिल दत्तले निर्देशन गरेका थिए। फिल्ममा रिना रोय, टिना मुनिम, अमजद खान, राखी, शक्ति कपुर तथा अरूना इरानीले अभिनय गरेका थिए।
त्यसयता संजयको व्यक्तिगत तथा व्यवसायिक जीवन उथलपुथलपूर्ण रहँदै आएको छ। खलनायक, सडक, साजन, वास्तव तथा धमाल जस्ता फिल्मका लागि लोकप्रियता कमाएका संजयले विशेष चर्चा भने 'मुन्ना भाइ' फिल्म सिरिजले दिलायो। यसले संजयलाई दिएको सफलतालई बलिउडमा उनको दोस्रो इनिङ मानिने गरेको छ।
गत वर्ष सन् १९९३ को सिरियल बम काण्डमा दोषी ठहर भएपछि जेल पुगेका संजयले 'भूमि' फिल्मबाट कमब्याक गरे। हाल संजयको पोल्टामा 'साहेब बिबी और ग्याङ्स्टर ३', 'कंलक', 'तोरबाज' तथा 'पानीपत' गरी चार फिल्म रहेका छन्।
यसै वर्ष उनको जीवनीमा आधारित वायोपिक फिल्म 'सन्जु' रिलिज हुँदैछ। फिल्म जुन २९ मा रिलिज हुनेछ।