मेरिट पोखरा र ओपन स्पेस नेटवर्कले पोखरामा ६० सेकेन्ड अन्तराष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। भदौ २६ गते फेस्टिभल स्क्रिनिङ गरिने वर्ल्ड मेरिट पोखारका अध्यक्ष अञ्जय भण्डारीले जानकारी दिए।
उनले ६० सेकेन्ड अन्तराष्ट्रिय चलचित्र महोत्सवको स्क्रिनिङ मिड टाउन सिनेमामा देखाउने जानकारी दिए।
फेष्टिभलका लागि १५ सय फिल्मबाट ४० वटा छनौट गरिएको बताउँदै भण्डारीले त्यसमा नेपाली १५ वटा र अन्य १२ देशका गरि ४० वटा फिल्म रहेको बताए।
फेस्टिभल सम्पन्न गर्नका करीब २ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ। बचत भएको रकमबाट पोखरामा हुन लागेको अन्तराष्ट्रिय युवा सम्मेलनमा सहकार्य गर्ने उनले बताए। फिल्म हेर्नका लागि ३ सय, ५ सय र १ हजारको टिकट काट्नुपर्नेछ।