पिङकी राजगढियाले साउथ अफ्रिकामा हुने मिसेज युनिभर्समा एसियाको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन्। धरानमा जन्मिएकी पिङ्कीले मिसेज एसियाको क्राउज जितेपछि उनी एसियाको प्रतिनिधित्व गरेर त्यसतर्फ जान लागेकी हुन्।
उनले मिसेज इन्डियाको ताज पहिरिसकेकी छिन् । सेप्टेम्बर ६ मा दक्षिण अफ्रिकामा हुने फाइनलमा नेपाल र भारत दुवै झन्डा अंकित पहिरन लगाएर स्टेजमा प्रस्तुत हुने उनले बताइन्।
नेपालमै जन्मिएपनि उनको विवाह भने भारतीय नागरिकसँग भएको हो। उनले दुईवटै देश चिनाउन दुवै देशको झन्डा अंकित पहिरन लगाउने उनले बताइन् ।