अभिनेत्री रेखा थापाले भदौ ५ गते आफ्नो ३६ औं जन्मदिन मनाएकी छन्। उनले आफ्नो परिवारसँगै सानो जमघटमा आफ्नो जन्मदिन मनाएको बताइन्। आज उनको जन्मदिन र कुशे औंशी पनि परेकाले रेखालाई थप उत्साह थपिएको बताइन्। ८ वर्षपछि यस्तो संयोग जुरेको बताउँदै रेखाले आजको दिन विषेश महसुस भएको बताइन्।
पिता बुवा प्रेम थापा र आमा सरस्वती थापाको कोखबाट जन्मिएकी रेखाले फिल्म हिरोबाट नेपाली फिल्ममा डेब्यु गरेकी थिइन्। उनी नेपालको सर्वाधिक लोकप्रिय अभिनेत्रीमा पर्छिन्।
रेखाले डेढ सय भन्दा बढी फिल्ममा काम काम गरिसकेकी छन्। उनको फिल्म हिरो, मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, अन्दाज, रावण, कस्ले चोर्यो मेरो मन, मालतीको भट्टी दर्शकले निकै रुचाएका थिए।
पछिल्लो समयमा उनले फिल्म निर्माण पनि गरेकी छन्। जस्तोसुकै अवस्थामा पनि संघर्ष गर्न सक्ने अभिनेत्रीमा उनले आफुलाई उभ्याएकी छन्। नेपाली फिल्म क्षेत्रमा रेखाले अभिनेतालाई पनि पछि पार्दै निकै चर्चा कमाएकी छन्।
निर्माता छबि ओझासँग विवाह गरेकी रेखाले १२ वर्षको सम्बन्धलाई अन्त्य गरेकी थिइन्। उनी अहिले सिंगल छिन्।
पछिल्लो समय उनका फिल्मले दर्शक तान्न नसकेपछि राजनीतिमा सक्रिय हुन थालेकी छन्।
डेढ दशक बढी समय कलाकारितामा लागेपछि रेखाले राजनीति क्षेत्रमा हात हालिन्। लामो समय माओवादी केन्द्रमा रहेकी रेखाले अघिल्लो वर्ष कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी थिइन्। उनी पार्टीको केन्द्रिय सदस्य थिइन्।
केही हप्ता अगाडी मात्र राप्रपा फुटेपछि उनले कमल थापालाई छोडेर पशुपति शमशेर राणाको राप्रपा(प्रजातान्त्रिक) मा प्रवेश गरेकी थिइन्।
रेखा अहिले राजनीतिक र कला क्षेत्रलाई सन्तुलन मिलाएर लान खोज्दैछिन्। उनको फिल्म रुद्रपिया कात्तिक २ मा प्रदर्शनको तयारीमा छ।