‘मोडल हन्ट नेपाल २०१७’को अन्तिम स्पर्धा यहि १० गते शनिबार होटल सोल्टीक्राउन प्लाजामा हुने भएको छ।
युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजित सौदर्य प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताएका छन्।
कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, ‘मिस नेपाल २०१७’ अस्मी श्रेष्ठ शो टपरको रुपमा रहनेछन्, भने चर्चित संगीतकार कालिप्रसाद रिजालको समेत बिषेश प्रस्तुति रहनेछ।
कार्यक्रममा अन्तराष्ट्रिय फेसन डिजाइनर रेखा मोदी मित्रुका, इटाइलिय डिजाइनर रितेश घिमिरे, नेपाली डिजाइनर एलिसा श्रेष्ठ तथा नमुना कलेजका फेसन डिजाइनरले तयार पारेका बिषेश डिजाइनका पहिरन चर्चित मोडल नेहा बानु, शशी श्रेष्ठ, जस्मिन गुरुङ, रोनाली अमात्य, प्रिज्मा कोसिन लगायतका मोडलले र्याम्पवाक मार्फत प्रस्तुत गर्नेछन् । सो अवसरमा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले समेत र्याम्प नाप्ने कार्यक्रममा रहेको छ।
अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकार, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, इन्डियन फेसन कोरियोग्राफर मिलन राई प्रतियोगीताको निर्णायकमा रहनेछन्। मिलनले प्रतियोगीलाई बिषेश प्रशिक्षण समेत दिएकी छन्।
प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुराउने उदेश्यले बिगत ३ बर्षदेखि नियमित आयोजना हँुदै आएको प्रतियोगीताका बिजेताले नगद १ लाख रुपैयाँ, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने लक्र्जरी मोडल अवार्डमा बिषेश प्रस्तुतिका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र समेत अभिनय अवसर प्राप्त गर्न सक्ने आयोजकले जनाएका छन्।