विश्व प्रशिद्द फिल्म अवार्ड अोस्कर अवार्डको लागि नेपालबाट फिल्म 'सेतो सुर्य छनौट'मा परेको छ। ९० औं ओस्कार अवार्डको लागि विदेशी भाषा फिल्म विधामा नेपालबाट सेतो सुर्य फिल्म छनौटमा परेको हो।
दिपक रौनियारले निर्देशन गरेको फिल्म 'सेतो सुर्य' एउटै परिवारको फरक राजनीतिक विचारले उत्पन्न द्धन्दको कथामा आधारीत छ। यस फिल्मले भेनिक फिल्म फेस्टिभलमा इन्टरफिल अवार्ड प्राप्त गरेको छ।
फिल्ममा दयाहाङ राइ, रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका रहेको छ।
सन् १९९९ मा क्याराभान पहिलोपटक नेपालको तर्फबाट ओस्कारको लागि नोमिनेट भएको थियो। त्यसपछि सात वटा फिल्म छनौटमा परेपनि नोमिनेशनमा भने परेको छैन।
ओस्कार अवार्डको ९० औं संस्करणको लागि विदेशी भाषी फिल्म छनौटको नेपाल समितिले आफ्नो फिल्म दर्ताको लागि आह्वान गरेको थियो। नेपाल समितिले एक विज्ञप्ति जारी गर्दै फिल्मको नाम दर्ता गराउन आग्रह गरेको थियो। जसमा सेतो सुर्य र बिजुली मेसिनले आफ्नो फिल्मको नाम दर्ता गराएका थिए।
दर्ता भएका फिल्महरुमध्ये 'विदेशी भाषी फिल्म विधा'को लागि सहभागी गराउन समितले एक उत्कृष्ट फिल्मको छनौट गरेको हो।
'द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस'ले मार्च ४ तारिखमा अमेरिकाको लस एन्जेलसको डबली थियटरमा अवार्ड कार्यक्रम आयोजना गर्दैछ।