फिल्म ‘समर लभ’ को छायांकन सुरु भएको छ। लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’को कथामा आधारीत फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका छन्।
फिल्मको शुभ मुहर्त लेखक सुविन भट्टराईले सोमबार कीर्तिपुरमा नरिवल फुटाएर गरेका छन्।
फिल्मको शुटिङ उपन्यासमा जस्तै काठमाडौं, पोखरा, धनगढी र नर्वेमा हुने निर्माण पक्षले जनाएको छ।
नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको मुख्य पात्र साया र अतीतको भूमिका रेवती क्षेत्री र आषिश पियाले निभाउनेछन्।सुस्मिताको भूमिकामा नायिका नम्रता सापकोटा देखिनेछिन्।
फिल्ममा संवाद लेखक सुविन र पटकथा लेखक सामीप्यराज तिमेल्लेसनाले संयुक्त रुपमा लेखेक छन्।
फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी हुन् भने सपन सरकार, ईन्दु भण्डारी र मनु बिकले पनि लगानी गरेका छन्।