टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको फिल्म 'मन बिनाको धन' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष कलाकारहरूलाई देख्न सकिन्छ।
यस फिल्ममा अशोक दर्जी मुख्य भूमिकामा छन् भने उनीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झालाई पनि पोस्टरमा प्रस्तुत गरिएको छ। यसअघि अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको पोस्टर सार्वजनिक भएको थियो।
सामाजिक विषयवस्तुमा आधारित 'मन बिनाको धन' को कथा टंक बुढाथोकी आफैले लेखेका हुन् भने यसको पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्।
आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मका निर्माता बिष्णु माया मैनाली हुन्। मिनु शर्मा कार्यकारी निर्माताको रूपमा छिन् भने जी.पी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सह–निर्माता रहेका छन्।
अशोक दर्जीको पहिलो लोकप्रिय गीत 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' को नाममा यो फिल्म निर्माण गरिएको हो। फिल्मले अशोकको विगतदेखि वर्तमानसम्मको कथा प्रस्तुत गर्ने बुझिएको छ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्ममा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरूङको सम्पादन रहेको छ।