उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्म 'जारी २ः सङ अफ च्याब्रुङ' को नयाँ गीत सार्वजनिक भएको छ।
'अम्लारी फूल' शीर्षकको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो। यसमा अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर छ। गीतको शब्द सुष्मा सिग्देलको हो भने संगीतकार सुशान्त गौतम हुन्। संगीत निर्माण, मिक्सिङ र मास्टरिङ शास्वत श्रेष्ठको छ।
भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर छन्।
'जारी २' रामबाबु गुरूङ, मधु मिजार र जीवन गुरूङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ र मिरूनासहित विजय बरालको प्रमुख अभिनय छ। साथमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरूङ, प्रेम सुब्बा, माओत्से गुरूङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा 'जारी २' निर्माण भएको हो। फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।