सामाजिक कथामा बनेको फिल्म 'कोशेढुंगा' बिहीबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ।
सर्वकालिन सफल फिल्म 'पूर्णबहादुरको सारंगी' का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको यो फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, ऋचा शर्मा, नीति शाह, आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, हिउँवाला गौतम, दिनेश काफ्लेलगायत कलाकारहरूले अभिनय गरेका छन्।
ग्रामीण परिवेशको कथा भन्ने फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्मको रनटाइम २ घण्टा २२ मिनेट तय छ।
फिल्ममा समावेश गीत 'नत्र भने जिन्दगी व्यर्थ छ' दर्शकमाझ निकै चर्चामा छ। टिजर र ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको छ।
बुधबार काठमाडौंमा गरिएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्मले दर्शकबाट पनि माया पाउने विश्वास निर्माण टिमको छ।
यो फिल्मको निर्माता प्रेविल कंडेल, किशोर अनुराग र दिनेश खड्का हुन्। अन्तर्राष्ट्रिय बजारमा पनि फिल्म बिहीबारदेखि नै प्रदर्शनमा आएको जनाइएको छ।