एक पडकास्टमा कुराकानी गर्ने क्रममा गायक कुम्ह सागरलाई गिज्याएको आरोपमा ४ जनाविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन परेको छ।
कमेडियनहरू सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरूद्ध नेवार समुदायका व्यक्तिले निवेदन दिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले चार जनाविरूद्ध ठाडो निवेदन आएको बताए।
'भाषा, संस्कृति र आस्थामा चोट पुग्ने गरी अभिव्यक्ति दिएको भनेर आउनुभएको थियो। यस विषयमा हामी छलफल गराउँछौं। उहाँहरूले क्षमायाचना गर्नुहुन्छ कि के गर्नुहुन्छ, त्यहीअनुसार अगाडि बढ्छौं,' प्रवक्ता बोहोराले भने।