चलचित्र विकास बोर्डले ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ।
बुधबार विकास बोर्डमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ र संचारसचिव राधिका अर्यालले परिचयपत्र प्रदान गरेका हुन्। परिचयपत्र पाउनेमा फिल्म निर्माता, निर्देशक, कलाकार र प्राविधिक छन्।
परिचयपत्रको लागि आवेदन दिएका २ सय ४ चलचित्रकर्मीमध्ये विशिष्ट छनौट समितिले छनौट गरेको विकास बोर्डले जनाएको छ।
नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान दिएबापत उनीहरुलाई परिचयपत्र प्रदान गरिएको बोर्डको भनाइ छ।
कार्यक्रममा पटकथा संग्रहालयको समुद्घाटन गर्दै केकी अधिकारी, दिपेन्द्र लामा, दिपाश्री निरौला, दिपेन्द्र के खनाल, किरण नेपाली र दिपा बस्नेतले क्रमशः बोक्सीको घर, नांगो गाँउ, छक्का पञ्चा ५, चिसो मान्छे, दुई नम्बरी र अन्तरालको कथा सञ्चारमन्त्री गुरूङलाई हस्तान्तरण गरे।
विशिष्ठ श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका कलाकार रामचन्द्र अधिकारीलाई औषधि उपचार बिमा बापत प्राप्त रकमको चेक समेत प्रदान गरियो।
कार्यक्रममा सञ्चारमन्त्री गुरूङले चलचित्र क्षेत्रको विकासमा २४ घण्टा काम गर्न तयार रहेको बताए।
विकास बोर्ड अध्यक्ष दिनेश डिसीले नेपालमा बनेका सबै फिल्मको पटकथा संग्रहालयमा राख्ने बताए। देशभरीका सिनेमा हल महिलामैत्री तथा ह्वीलचियर फ्रेण्डली बनाउन लागिएको समेत उनले बताए।
यी हुन् विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र पाउने चलचित्रकर्मीहरूः
१. नगेन्द्र घिमिरे, प्राविधिक
२. उदयकुमार इङ्नाम, निर्देशक
३. मदन घिमिरे, छायांकार
४. पुष्पकुमार श्रेष्ठ, कलाकार
५. सुनिलप्रसाद पाण्डे, निर्देशक
६. केदारप्रसाद (के.पी) पाठक, निर्देशक
७. निर्जलकुमार श्रेष्ठ, कला निर्देशक
८. माओत्से गुरूङ, कलाकार
९. केशवबहादुर रायमाझी, निर्देशक
१०. पुरणबहादुर जोशी, कलाकार
११. परशुराम चौधरी, कलाकार
१२. शोभितराम बस्नेत, कलाकार
१३. कुमार महर्जन, द्धन्द्ध निर्देशक
१४. तैयब शाह, कलाकार
१५. रचना सिंह, कलाकार
१६. रोशन श्रेष्ठ, द्वन्द्व निर्देशक
१७. कृष्णप्रसाद पोखरेल, निर्माता
१८. राजकुमार शाह, कलाकार
१९. दिब्यश्वर गौतम, कलाकार
२०. राकेशकुमार खड्का, कलाकार
२१. सन्ते (सन्तु) तामाङ, प्राविधिक
२२. गौरी मल्ल, कलाकार
२३. रामेश्वरजंग केसी, कलाकार
२४. राजुविक्रम थापा, छायांकार
२५. पुकार भट्टराई, कलाकार
२६. राजेन्द्र शाह, नृत्य निर्देशक
२७. रत्न ढकाल, छायांकार
२८. कमलप्रसाद मिश्र, प्राविधिक
२९. राजेन्द्र थापा, गीतकार
३०. प्रमोद ढुंगाना, गीतकार
३१. रमेश कोइराला, निर्देशक
३२. कृष्णप्रसाद ढुंगाना, कलाकार
३३. विजयरत्न तुलाधर, निर्देशक
३४. मुकुन्द थापा, कलाकार
३५. नवल खड्का, निर्माता
३६. गोविन्द नेपाली, नृत्य निर्देशक
३७. तुलबहादुर तामाङ, प्राविधिक
३८. महेन्द्र तामाङ (लामा), प्राविधिक
३९. सानुमान तामाङ, प्राविधिक
४०. पूर्णबहादुर तामाङ, प्राविधिक
४१. रमेश रञ्जन झा, कलाकार
४२. चेतनाथ (चेतन) सापकोटा, संगीतकार
४३. मधुसुधन प्रधान, निर्माता
४४. कपिलप्रसाद द्धा, प्रदर्शक
४५. रवि डंगोल, कलाकार
४६. शंकरप्रसाद आचार्य, कलाकार
४७. केदारनाथ दवाडी, कलाकार
४८. बालदीप राई, प्राविधिक
४९. अशोक रोक्का, प्राविधिक
५०. माधव थापा, प्राविधिक
५१. मेघराज पौडेल, प्राविधिक
५२. बोझबहादुर पौडेल, प्राविधिक
५३. विश्वराम केसी, प्राविधिक
५४. विमल पौडेल, निर्देशक
५५. दिव्यराज सुवेदी, छायांकार
५६. रविराज अर्याल, निर्देशक
५७. सन्तोषबाबु लोहनी, निर्देशक
५८. दिनेशकुमार (विशाल) विष्ट, कलाकार
५९. राजु खत्री क्षेत्री, प्राविधिक
६०. नानीकाजी डंगोल, द्वन्द्व कलाकार
६१. आनन्द ढुंगाना, कलाकार
६२. राजेन्द्रकुमार उप्रेती, निर्देशक
६३. सनमकुमार श्रेष्ठ, प्राविधिक
६४. लालुराम सापकोटा, निर्माता
६५.देवकुमार श्रेष्ठ, निर्देशक
६६. हरिप्रसाद पौडेल, प्राविधिक
६७. म्याक्चुङ गौतम (हिउँवाला), कलाकार
६८. शालिकराम कार्की, कलाकार
६९. सरोजकुमार खनाल, कलाकार
७०. रामशरण जंगम, कलाकार
७१. उदयसिंह बोहरा, द्वन्द्व निर्देशक
७२. आकाश अधिकारी, निर्देशक