खिल बहादुर गुरुङको निर्देशनमा बन्ने फिल्म 'रिमै' को शुभमुहूर्तसँगै छायांकन सुरू गरिएको छ।
मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन सुरू गरिएको निर्देशक गुरुङले जानकारी दिए। फिल्मको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन्।
फिल्मको गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारलगायतमा १ महिना छायांकन हुनेछ। रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्।
गोरखा सिरानचोक एन्ड लिगगिगकोट फिल्म्स प्रालीको प्रस्तुति र आरआर फिल्म्स तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुनेछ। फिल्ममा दयाहाङ र रिस्मासहित बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङलगायत कलाकारको अभिनय रहनेछ। वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको फिल्ममा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सहनिर्माताको रूपमा रहेका छन्।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन्। फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहनेछ।