एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ।
मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ।
आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३-२ को सेटमा जित निकालेको हो। पहिलो सेट मंगोलियाले २५-१७ ले जितेको थियो।
तर दोस्रो सेटमा नेपाल २५-१८ र तेस्रो सेटमा २५-२१ को जितसँगै अग्रता लिन सफल भयो।
चौथो सेटमा मंगोलिया २५-१८ ले विजयी भएसँगै खेल बराबरी भएको थियो। निर्णायक पाँचौ सेटमा नेपाल १५-१२ ले विजयी भयो।
समूह चरणबाटै बाहिएपछि पदक सम्भावना सकिएको नेपालले वरीयताका लागि भारतसँग खेल्दा पराजय भोगेको थियो। मंगोलियालाई पराजित गरेपछि नेपाल एघारौं भयो।