चीनको हाङझाउमा १९औं एसियाली खेलकुदको औपचारिक उद्घाटनअघि केही खेलका प्रतिस्पर्धा सुरू भएका छन्।
जसअन्तर्गत पुरुष भलिबलमा नेपालले मंगलबार हार ब्यहोरेको छ।
समूह 'बी' रहेको नेपाल बहराइनसँग ३-१ को सेटमा पराजित भएको हो।
खेलमा नेपालले पहिलो सेट भने जितेको थियो। पहिलो सेट नेपालले २५-२० ले आफ्नो पक्षमा परेको थियो।
त्यसपछिका तीन सेटमा भने नेपाल लगातार पछि पर्यो। बहराइनले दोस्रो सेट २५-२०, तेस्रो सेट २५-१८ र चौथो सेट २५-१५ को जित निकाल्न सफल भयो।
अब समूहको दोस्रो खेलमा नेपालले एसियाकै बलियो मध्येको एक टिम इरानसँग भोलि प्रतिस्पर्धा गर्नेछ।