चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत भलिबलको महिला तथा पुरुष दुवैको समूह विभाजन भएको छ।
जसमा नेपाल महिलातर्फ दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ। समूह ‘सी’ रहेका दुवै प्रतिद्वन्द्वी नेपालका लागि कठिन हुनेछन्।
विश्व वरीयतामा कोरिया ३५औं र भियतनाम ४७औं स्थानमा छन्।
यता पुरुषतर्फ नेपाल समूह ‘बी’ मा परेको छ। यो समूहमा एसियाकै बलियो टिम इरान र बहराइन छन्। विश्व वरीयतामा इरान दशौं र बहराइन ७६औं स्थानमा छन्।
नेपाल भने भलिबल वर्ल्डको महिला तथा पुरुषको आधिकारीक वरीयतामा समावेश छैन।