टिपटप हेल्प नेपाल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित हात पार्दै अंक तालिकामा शिर्ष स्थानमा रहेका छन्।
नेपाल भलिबल संघको आयोजनमा भएको लिगको आज सम्पन्न खेलमा हेल्प नेपालले नेपाल पुलिसलाई ३–२ सेटमा पराजित गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको हो।
टिपटप हेल्प नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पायो । दोश्रो सेट पुलिसले २५–२० ले नै जित्दै खेललाई १-१ सेटको बरावरीमा ल्यायो । यस्तै पुनः हेल्प नेपालले तेश्रो सेट ३०–२८ ले जित्दै खेललाई २–१ को अवस्थामा ल्यायो । चौथो सेटमा हेल्प नेपाल पुलिससंग १८–२५ ले पराजित भए पश्चात खेल २–२ को अवस्थामा पुग्यो।
संघर्षपूर्ण अन्तिम तथा निर्णायक खेलमा हेल्प नेपालले २४–२२ ले जित्दै थप ३ अंक बटुल्यो । यसका साथ चार खेलबाट टिपटप हेल्प नेपालको १२ अंक भएको छ ।
यस्तै अर्को खेलमा आर्मीले पनि अर्को विभागिय टोली एपिएफलाई ३–२ को संघर्षपूर्ण जित निकाल्यो।
आर्मी पहिलो सेट एपिएफसंग १८–२५ ले पराजित भयो । दोश्रो सेट २६–१६ ले जित्न सफल भएको आर्मी तेश्रो सेटमा पुनः २४–२६ ले एपिएफलाई सुम्पन बाध्य भयो । चौथो सेट २८–२६ ले जित निकाल्दै आर्मीले खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक खेल १७–१५ ले जित्दै आर्मीले आफ्नो खातामा थप ३ अंक जोड्यो । यसका साथ आर्मीको पनि ९ अंक भएको छ । समान अंक भएता पनि टोलीले प्राप्त गरेको अंकका आधारमा हेल्प नेपाल पहिलो स्थानमा रहेको छ ।
पुरुषकै अर्को खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबले दावाँली मिलन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै ३ अंक जोड्यो । सैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१, १५–१३ ले पराजित गर्दै पहिलो जितका साथ ३ अंक जोडेको हो ।
टिपटप हेल्प नेपाल र आर्मीको समान ११–११ अंक भएता पनि प्राप्त सेट स्कोरको आधारमा टिपटपको १.१८ प्रतिशत र आर्मीको १.२४ प्रतिशत अंक हुन्छ । जसका कारण आर्मी अग्रस्थानमा रहेको छ ।