एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा नेपाल पराजित भएको छ।
शुक्रबार भएको सेमिफाइनलमा काजखस्तानसँग ३-२ को सेटमा पराजित भएपछि नेपाल फाइनलमा पुग्न चुकेको हो।
नेपाल पहिलो सेटमा नेपाल ३०-२८ ले पराजित भयो। पटक पटक म्याच प्वाइन्टमा पुगेर पनि नेपालले पहिलो सेट गुमाउन बाध्य भएको थियो।
दोस्रो सेटमा भने २५-१६ ले जित्दै नेपालले खेल बराबरी गर्यो।
तेस्रो सेटमा पनि नेपालले सहज जित निकाल्ने क्रममा २५-१५ ले विजयी भयो। जससँगै नेपालले खेलमा २-१ को अग्रता लियो।
चौथो सेटमा भने नेपाल २५-१८ ले पराजित भएपछि खेल २-२ को बराबरीको स्थितिमा आयो।
निर्णायक पाँचौ सेटमा नेपाल १५-७ ले पराजित भएपछि खेल काजखस्तानले ३-२ ले जित्यो।
अब कागखस्तानले उपाधिका लागि भारतसँग खेल्नेछ। भारतले उज्वेकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।