एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल वर्षका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्।
रोहित हाल क्यानडामा रहेकाले उनको अवार्ड आमा र दाइले थापेका थिए।
करातेकी एरिका गुरुङले वर्षको महिला उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरिन्।
वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक पाए। पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जिते।
अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गरे।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० का विजेता
उत्कृष्ट खेलाडी पुरुष : रोहित पौडेल (क्रिकेट)
उत्कृष्ट खेलाडी महिला : एरिका गुरुङ (कराते)
पिपुल्स च्वाइस अवार्ड : कविता भट्ट (भलिबल)
लाइफटाइम एचिभमेन्ट अवार्ड : विनयराज पाण्डे (क्रिकेट)
पारा एथलिट अवार्ड : पलेसा गोबर्धन (पारातेक्वान्दो)
उत्कृष्ट प्रशिक्षक : कुशल श्रेष्ठ (कराते)
उत्कृष्ट युवा खेलाडी : हेमन्त पाल (भारोत्तोलन)
स्पेशल अवार्ड : कुमार राई (भलिबल)
उत्कृष्ट वर्ष टिम : महिला कबड्डी टोली
एसियन स्पोर्टस जार्नलिस्टको अवार्ड : हि डोङ जोङ (दक्षिण कोरिया)