पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएको केही दिनपछि युगान्डाकी ओलम्पिक धावक रेबेका चेप्टेगीको मृत्यु भएको छ।
पेरिस ओलम्पिक २०२४ मा भाग लिएकी ३३ वर्षीय म्याराथन धावक आइतबार आक्रमणमा परेकी थिइन्। आक्रमणपछि उनको शरिरको भाग निकै जलेको थियो।
उनी केन्याको उत्तर-पश्चिम क्षेत्रमा बस्दै आएकी थिइन्। उनी त्यहिँ प्रशिक्षण लिने गर्थिन्।
उनी आफ्ना दुई छोरीसँग चर्चबाट घर फर्किएको समयमा उनीमाथि आक्रमण भएको अधिकारीको भनाइ छ।
एक स्थानीय प्रशासकको रिपोर्टमा ओलम्पियन र उनका पूर्वप्रमीले झगडा गरेको उल्लेख छ। यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केन्यामा महिला खेलाडीमाथि बढ्दो हिंसाका घटनालाई लिएर चिन्ता व्यक्त गरिएको छ। अक्टोबर २०२१ यता मारिने चेप्टेगी तेस्रो खेलाडी हुन्।
उनको उपचार गरिएको अस्पताल बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनका बुबा जोसेफ चेप्टेगीले केन्या सरकारलाई न्याय सुनिश्चित गर्न आग्रह गरे।
एल्डोरेटको मोई टिचिङ एण्ड रेफरल अस्पतालका प्रमुख डा ओवेन मेनाचले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार उनका सबै अंगले काम गर्न थालेपछि उनको मृत्यु भएको बताए।
चेप्टेगीको पूर्व प्रेमीलाई पनि अस्पतालमा भर्ना गरिएको छ। तर उनको अवस्था गम्भीर छैन।
‘दुई जनाबीच घरबाहिर झगडा भएको सुनियो। झगडाको क्रममा पूर्वप्रेमीले महिलालाई जलाउनु अघि तरल पदार्थ खन्याएको देखियो,’ स्थानीय पुलिस प्रमुख जेरेमिया ओले कोसियोमले स्थानीय मिडियालाई उधृत गर्दै भनेका छन्।