एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा युएईको अवुधाबीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागी हुने भएका छन्।
अगष्ट २७ देखि सेप्टेम्वर १० तारिख (भदौ ११ देखि २५) गते सम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दा बढी खेलाडीले खेल्ने छन्।
नेपालको तर्फबाट प्रतियोगितामा सहभागी हुने जाने खेलाडीहरुको छनौट देशभरका १७५ जना खेलाडी वीचबाट गरिएको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले जानकारी दिए।
जुनियर ४६ केजी तौल समुहमा चन्दन शाही, ६० केजी तौल समुहमा शेरप गल्चेन शोर्पा, ८० केजी मा सर्यन बैद्य र ६१ केजी स्कुलमा रोमस श्रेष्ठले प्रतिष्पर्धा गर्नेछन्।
यस्तै प्रशिक्षकमा रमेश दास श्रेष्ठ र निर्णायकमा धनकुमार मैनालीले भाग लिनेछन्। टोली मंगलबार राती दुवई प्रस्थान गर्नेछ ।