नेपाली मुँवाथाईका खेलाडी गुणराज रुचाल बैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका छन्।
एक महिने प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन्।
उनलाई यो अवसर लिजेन्ड्स एकेडेमी पर्थले प्रदान गरेको हो । निःशुल्क प्रशिक्षणका साथै उनको सम्पूर्ण खर्च पनि लिजेन्ड्सले नै व्यहोर्ने बताइएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गुणराजलाई पाएको अवसरलाई भरपुर सदुपयोग गर्न सुझाउदै मंगलबार बिदाइ गरे।
अन्तर्राष्ट्रिय प्रतियोगितामा गुणराजले हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी गत मार्च १९ मा थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाइ च्याम्पियनसिपअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जित्नु हो।
विश्व च्याम्पियनसिपको सेमी प्रोमा यो उपलब्धी हासिल गर्ने उनी पहिलो नेपाली मुवाँथाई खेलाडी हुन्।