अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १४ संस्कणमा सहभागी हुन भिजन तामाङ बुधबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्।
अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा भिजनले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्। उनले पुरुष ३८ केजीमुनि र एकल पुम्सेमा सहभागिता जनाउने छन्।
भिजनसँगै अफिसियल मिनप्रसाद खनाल पनि बुधबारै दक्षिण कोरिया प्रस्थान गरेका छन्।
आइओएफटीसीमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
अशोक दक्षिण कोरियामै छन्। उनले ग्यारोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।