सातौं बिआइबी अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि एनसिसिएस र विल्सन स्कुलले जितेका छन्।
आयोजक बौद्ध इन्टरनेसनल स्कुलमा शुक्रबार भएको उपाधि भिडन्तमा ब्वाइजतर्फ विल्सनले आयोजक बौद्धलाई पराजित गर्दै उपाधि जितेको हो।
रोमाञ्चक खेलमा विल्सन एक अंकले विजयी भएको हो। विल्सनले ६० अंक जोड्दा बौद्धले ५९ अंक जोड्यो।
गर्ल्सतर्फको उपाधिका लागि एनसिसिएस र दिक्षालय भिडेका थिए।
एनसिसिएसले दुई अंकको अन्तरमा जित निकाल्ने क्रममा ४१-३९ अंकले विजयी भयो।
प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी ब्वाइजतर्फ विल्सनका अनुप तामाङ र गर्ल्सतर्फ एनसिसिएसकी दिभा महर्जन घोषित भए।
उच्च स्कोररको ट्रफी दक्षालयकी दिपशिखा गोले र बौद्धका आरोहन श्रेष्ठले हात पारे। फेयर प्ले ट्रफी लिटल वन्डर स्कुलले पायो।