पेरिस ओलम्पिकमा पाकिस्तानका अर्शद नदीमले स्वर्णपदक जितेका छन्।
बिहीबार राति पुरूषतर्फको ज्याभलिन थ्रोमा नदीमले भारतका निरज चोपडालाई पराजित गर्दै स्वर्णपदक जितेका हुन्।
स्वर्ण जित्ने क्रममा नदीमले ९२.९७ मिटरको थ्रो गरे। भारतका निरज चोपडाले ८९. ४५ मिटर र ग्रेनाडाका एन्डर्सन पिटर्सले ८८.५४ मिटर थ्रो गरे।
नदीमको थ्रो ओलम्पिक इतिहासमै व्यक्तिगत विधातर्फ सबैभन्दा लामो थ्रो हो।
यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा नेदरल्याण्ड्सका एन्ड्रियास थोरकिल्डसेनले गरेको ९०.५७ मिटरको थ्रो अहिलेसम्मकै लामो थ्रोका रूपमा दर्ज थियो।
योसँगै पाकिस्तान ४० वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको छ। व्यक्तिगततर्फ भने पहिलो ओलम्पिक स्वर्ण हो। यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो।