सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत साविक विजेता जनकपुर बोल्ट्सविरूद्ध पोखरा एभेन्जर्सले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार अपरान्ह चार बजे हुने दोस्रो खेलमा टस जितेको पोखराले पहिले ब्याटिङ गर्नेछ।
जारी लिगमा टस जितेको कुनै पनि टोलीले ब्याटिङ रोजेको यो पहिलो पटक हो।
दुवै टोलीले यसअघिका दुवै खेलमा पराजित भोगेकाले आजको खेलबाट हारको यात्रा टुंगाउने अभियानमा छन्।
आज हुने खेलमा पोखरा एभेन्जर्सका खेलाडीहरूले हरियो जर्सी लगाउनेछन्, जसमा 'ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्त्वपूर्ण छन् भन्ने सन्देश प्रवाहित हुनेछ।
यस्तै जनकपुरका खेलाडीले आफ्नी आमाको नाम अंकित जर्सी लगाउनेछन्। खेलपछि दुवै टोलीका जर्सीहरू च्यारिटी अक्सनमार्फत बिक्री गरिनेछन्। उक्त अक्सनबाट संकलित रकममध्ये पोखरा एभेन्जर्सका जर्सी बिक्रीबाट उठेको रकम ग्लासियर्स म्याटर जागरण अभियानमा खर्च गरिनेछ। यस्तै जनकपुर बोल्ट्सका जर्सीबाट उठेको रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरूको सहयोगका प्रदान गरिनेछ।
जनकपुरको टोलीमा तीन परिवर्तन गरिएको छ। आदित्य महता, लाहिरु मिलन्था र संगित कुरेको स्थानमा शुभ कंसाकर, वायन पार्नेल र माज सदाकत छन्।
यस्तै पोखरामा एक खेलाडी परिवर्तन गरिएको छ। अभिषेक तिवारीको स्थानमा तृतराज दासलाई खेलाइएको छ।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), दिनेश खरेल, किरण ठगुन्ना, सागर ढकाल, तृतराज दास,आकाश चन्द, विपिन खत्री, सुमित बर्मा, एडम रोसिङटन, ड्यानियल डाउथवेट, जिमी निशम।
जनकपुर बोल्ट्स
आशिफ शेख, अनिलकुमार साह, किशोर महतो, ललित राजवंशी, मयन यादव, शुभ कंसाकार, रुपेश सिंह, वायन पार्नेल, माज सदाकत, जोन निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्ती, संगित कुरे