सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ।
पौने १२ बजे हुने खेलमा टस जितेको सुदूरपश्चिमले फिल्डिङ गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिम लगातार तीन खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनीले तीन खेलमा दुई खेलमा पराजय भोगिसकेको छ।
खेलका लागि सुदूरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको छैन। लुम्बिनीमा भने एक परिवर्तन गरिएको छ। लुम्बिनीले नामिबियाका जेजे स्मितको स्थानमा इटालीका थोमस ड्राकालाई खेलाएको छ।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, गुलबदिन नाइब, रूबेन ट्रम्पलम्यान, थोमस ड्राका र डार्शी शर्ट।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, नरेन साउद, इशान पाण्डे, बिनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलेइन, जोस ब्राउन, हरमीत सिंह

