पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आइतबार राति भएको फ्रेञ्च लिग वानको खेलमा लियोनलाई २–० ले पराजित गरेको छ। यद्यपि पिएसजीले दुवै गोल उपहारको रुपमा पाएको थियो।
घरेलु मैदानमा भएको खेलमा नेइमार, केलियन एबाप्पे र काभानीले पाएका केही राम्रा अवसर खेर फालेका थिए। च्याम्पियन्स लिगअन्तर्गत गत साता सेल्टिकलाई ५–० ले हराउँदा तीनै खेलाडीले गोल गरेका थिए।
७५ औं मिनेटमा पाएको पहिलो उपहार गोलबाट पिएसजीले अग्रता लियो। काभानीले फ्लिक गरेको बलमा लियोनका मार्सेलोले आफ्नै पोस्टमा गोल गरेपछि पिएसजीले अग्रता लियो।
रिबाउन्ड बलमा जेरेनी मोरेलले खेल सकिन ४ मिनेट बाँकी छँदा फेरि आफ्नै पोस्टमा गोल गरेपछि लियोन २–० ले पारजित भएको हो। खेलमा पिएसजीले पेनाल्टीको अवसर पनि पाउको थियो तर काभानीले प्रहार गरेको पेनाल्टीलाई लियोनका गोलकिपर एन्थोनी लोप्सले रोकेका थिए।
लगातार ६ खेलमा अपराजित पिएसजी १८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा १५ अंकसहित साविक विजेता मोनाको छ। पिएसजीसँग पराजित भएको लियोन ११ अंक जोडेर लिगको पाँचौ स्थानमा छ।
https://www.youtube.com/watch?v=KdqH-3vmY88